पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुले

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुले

केन्द्रबिन्दु
0
Shares

पहिरोका कारण अवरुद्ध भएका बैतडीका  जयपृथ्वी र दशरथ राजमार्ग पुनः सञ्चालन आएका छन्। गएराति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो। 

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। लगातारको  वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ। 

Logo