नेयमार साउदी क्लब अल-हिलालसँग सम्झौता नजिक

नेयमार साउदी क्लब अल-हिलालसँग सम्झौता नजिक

केन्द्रबिन्दु
0
Shares

ब्राजिलियन स्टार नेयमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोडेर साउदी प्रो लिग क्लब अल–हिलालसँग दुई वर्षको सम्झौताका लागि नजिक पुगेका छन् । 

ईएसपीएनका अनुसार बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका नेयमार साउदी अरेबियासँगको सम्झौताका लागि केही व्यक्तिगत सहमत हुन मात्र बाँकी छ । 

सन् २०१७ मा विश्व कीर्तिमान मूल्य २२२ मिलियन यूरोमा फ्रान्सेली क्लब पीएजीसँग जोडिएका नेयमारको पीएसजीसँगको अन्तिम खेल लोरिएन्टविरुद्ध हुने भएको छ । 

ईएसपीएनका अनुसार साउदी क्लब अल–हिलालले ३१ वर्षीय नेयमारका लागि करिब ८० मिलियन युरोको अफर गरेको छ । ६ वर्षअघि बार्सिलोनाबाट पीएसजी आएका नेयमारले पीएसजीलाई युरोपियन च्याम्पियन्स लिगबाहेक सबै ट्रफी जिताएका छन् । पीएसजीका लागि नेमारले १७३ खेलमा ११८ गोल र ७७ असिस्ट गरेका छन्। 

पीएसजीमा रहँदा नेयमारले पाँच लिग वान कप र तीन कोप डे फ्रान्स कप जिताएका छन् । यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पनि पीएसजीलाई छाड्दै अमेरिकी क्लब इन्टर मायामी रोजेका थिए । 

यसैगरी अर्का फ्रेन्च स्टार केलियन एमबाप्पे पनि दीर्घकालीन भविष्यका लागि रियल मड्रिड जाने सम्भावना प्रबल देखिएको छ । 

साउदी क्लब अल–हिलालले यसअघि नै रुबेन नेभेस र कालिडो कोउलिबालीलाई अनुबन्ध गरिसकेको छ । तर यदि क्लबले नेयमारलाई क्लबमा भित्राउन सफल भएमा निःसन्देह नेयमार क्लबका लागि सबैभन्दा ठूलो अनुबन्धित खेलाडी हुनेछन्।

Logo