नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा

नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा

केन्द्रबिन्दु
0
Shares

सन् १९९४ मा स्थापित विश्व प्रसिद्ध व्हिस्की ब्रान्ड सिग्नेचरका दुई व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्।

सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा बिगतका कैयौँ वर्षदेखि बिक्री हुँदै आएको र प्रयोगकर्ताका मनमा बस्न सफल भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई व्हिस्कीलाई बजारमा भित्राएको हो।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जसमध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की, सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का, ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन्।

केही समयअघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको छ। यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो।  

हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध छन्।

Skip This
Skip This
Logo