नेपाल बाल संगठनले संस्थाको हित विपरित भएका सम्झौता खारेज गर्ने

नेपाल बाल संगठनले संस्थाको हित विपरित भएका सम्झौता खारेज गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल बाल संगठनले संस्थाको हित विपरित हुने गरी भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनले संस्थाको हित विपरित हुनेगरी यसअघि विभिन्न काल खण्डमा भएका लिज सम्झौता खारेज गर्ने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठनको सम्पत्ति पुन संगठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार गरीसकेको भन्दै बालबालिका र संगठनको हित विपरित गरिएका लिज भाडाका सम्झौताहरु खारेज गर्ने निर्णय गरिएको जानकारी दिइन् । उनले आफूहरुको उक्त निर्णयमा सबैको साथ सहयोगको आवश्यक रहेको भन्दै सहकार्यकार्यको लागि आग्रह समेत गरिन् । 

उनले भनिन्,‘नेपाल बाल संगठनको सम्पत्ति पुन संगठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार तथा पहल गरिसकिएको छ । कतिपय जिल्लाहरुमा अनुगमन तथा निरीक्षण गरी सम्पत्ति फिर्ता समेत ल्याईएको छ । बालबालिका र संगठनको हित विपरित गरिएका लिज भाडाका सम्झौताहरु खारेज गर्ने निर्णय गरिएको छ । यस कार्यमा हामिलाई तपाईहरु सबैको सहयोग तथा सहकार्यको आवश्यकता रहेको छ।’

संगठन अर्न्तगत संचालित बालगृहरुमा संरक्षित बालबालिकाहरुलाई आवासको कठिनाई भइरहेको संगठनले जनाएको छ । 

संगठनका अनुसार नक्साल बालगृहमा वर्षातको पानी पसेका कारण अव उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भइरहेको छ भने नेपाल बाल संगठनको केन्द्रीय कार्यालय रहेको सीता भवन भूकम्पका कारण भत्किएको तथा हाल पुनःनिर्माणको काम भई रहेको र कहिले सम्पन्न हुन्छ सोको यकिन समेत नभएको अवस्था रहेका कारण यस्तो समस्या आएको हो। 

Skip This
Skip This
Logo