गोंगबुको एक ग्यारेजमा आगलागी, १२ वटा माइक्रो जले

गोंगबुको एक ग्यारेजमा आगलागी, १२ वटा माइक्रो जले

केन्द्रबिन्दु
0
Shares

गोंगबु बसपार्क आसपास रहेको एक ग्यारेजमा आगलागी भएको छ। आज बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६,  बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९,  बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo