रास्वपाकाे आक्राेश- संसदमा तीन दलबाहेक अन्य दल छैनन् जस्तो व्यवहार भयाे

रास्वपाकाे आक्राेश- संसदमा तीन दलबाहेक अन्य दल छैनन् जस्तो व्यवहार भयाे

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसद सत्ता पक्ष र प्रतिपक्षका तीन दलको कब्जामा पुगेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग सांसद परियारले नेपालको संसदीय इतिहास यस्ता घटना विरलै हुने बताएका हुन् । सभामुखले नै आकस्मिक समयमा दुई जनालाई बोल्न दिएर सदनमा अन्य दलको उपस्थिति छैन भने जस्तो व्यवहार भएको उनले गुनासो गरे । 

उनले भने, ‘सम्भवत नेपालको संसदीय इतिहासमा यस्ता घटना विरलै हुने गर्छ । आज संसदको कारबाहीमा संसद मुलभूत रुपमा सत्ता पक्ष र प्रतिपक्ष पुराना तीन पार्टीको कब्जामा गएको छ । यो सदनमा नेपालको जनमत लिएर आएका धेरै राजनीतिक पार्टीहरुले आफ्ना कुरा राख्न पाएका छैनन् । सम्माननीय सभामुख ज्यूले आज सदनमा जम्मा दुईजना सांसदलाई आकस्मिक समयमा बोल्न दिएर सदनमा अरुको उपस्थिति छैन् भन्ने जस्तो एउटा नजिर बसाउनु भएको छ । संभवत संसदीय प्रणालीमा यस्तो विरलै हुने गर्छ । यो हामीले सहन सक्ने अवस्था आज सिर्जना भएको छैन् ।’

Skip This
Skip This
Logo