युनाइटेडसँग वल्भरह्याम्पटन पराजित

युनाइटेडसँग वल्भरह्याम्पटन पराजित

केन्द्रबिन्दु
0
Shares

डिफेन्डर राफाएल भारानको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा वल्भरह्याम्पटन वान्डरर्सलाई हराएको छ। घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले १-० को जित निकालेको हो। 

वल्भ्सविरुद्ध फितलो प्रदर्शन गरेपनि भारानको गोल युनाइटेडको जितमा निर्णायक बन्यो। पाहुना टोलीले उत्कृष्ट प्रदर्शन गरेपनि फिनिसिङमा फितलो प्रदर्शन गर्दा कुनै अंक जोड्न सकेनन्।

भारानले खेलको ७६ औँ मिनेटमा गोल गरेका थिए। ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान बिसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत गोल गरेका थिए। वल्भ्सका लागि ब्राजिलियन फरवार्ड माथिअस कुन्हाले पटक पटक युनाइटेडको डिफेन्सलाई समस्या दिएपनि फिनिसिङ भने गर्न सकेनन्।

डेब्यु गरिरहेका गोलरक्षक आन्द्रे ओनानाले केहि राम्रो बचाउ गर्दै आफ्नो टोलीलाई खेलमा कायम राखेका थिए। युनाइटेडका लागि डेब्यु गरेका मेसन माउन्टका लागि भने खेल सम्झनलायक रहेन । उनी दोस्रो हाफको मध्यतिर परिवर्तन भएका थिए।

Skip This
Skip This
Logo