त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा मंगलबार बिहानदेखि सो सुन गाल्न सुरु गरिएको हो । सो क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।
सोमबार (हिजो) टक्सार महाशाखामा ‘ब्रेक शु’बाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भेटिएकाे थियाे । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।
सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई दिइएको थियो । सिआइबीको पत्रपछि सोमबारदेखि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो ।





























प्रतिक्रिया