त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गालेर सकिएकाे छ ।
मंगलबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुरु गरिएको सुन गाल्ने काम भर्खरै सम्पन्न भएकाे हो । अब केहीबेरमा तौल सार्वजनिक गरिने महाशाखाले जनाएकाे छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गालिएको हो । ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धानविभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो । सुरुमा एक सय क्वीन्टल भनिएको सुन सोमबार तौलिदा ६० केजी ७ सय ८९ ग्राममात्र रहेको पाइएको थियाे ।





























प्रतिक्रिया