नेपालस्थित भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

नेपालस्थित भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

केन्द्रबिन्दु
0
Shares

नेपालस्थित भारतीय राजदूतावासले ७७औँ स्वतन्त्रता दिवस मनाएको छ ।

भारत स्वतन्त्रताको ७५ वर्षलाई स्मरणगर्दै नेपालस्थित भारतीय दुतावासमा आयोजित एक कार्यक्रमका बीच स्वतन्त्रता दिवस मनाइएको हो । भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै हिस्साका रुपमा यो दिवस मनाइएको  भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले, भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी स्वतन्त्रता समारोहको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेकाे सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरिन् । 

सो अवसरमा भारतीय राजदूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड ३३ लाख रकम वितरणसमेत गरेको छ ।

Skip This
Skip This
Logo