पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।

निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ। अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

मूल्य समायोजनपछि अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोललाई प्रतिलिटर १७८ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६७ रुपैयाँ पर्नेछ।सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६६ रुपैयाँ पर्नेछ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६४ रुपैयाँ पर्नेछ। 

 

Skip This
Skip This
Logo