चौँथो मुद्दा दर्ता भएपछि ट्रम्पले भने-‘मेरो चुनावी अभियान अशान्ति बनाउने प्रयास’

चौँथो मुद्दा दर्ता भएपछि ट्रम्पले भने-‘मेरो चुनावी अभियान अशान्ति बनाउने प्रयास’

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ।

उनलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप लगाइएको छ। ट्रम्पले अब यो नयाँ आपराधिक मुद्दामा प्रतिक्रिया दिएका छन्।उनले आफूमाथि लगाइएको आरोपको निन्दा गरेका छन्।

डोनाल्ड ट्रम्पले आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्ममा लेखेका छन्,‘मलाई धाँधली भएको महसुस हुन्छ। २.५ वर्षअघि उनीहरूले आरोप किन लगाएनन? किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे।’ 

गत सोमबार जर्जियाको ग्रान्ड ज्युरीले पूर्वराष्ट्रपतिलाई आपराधिक आरोपमा अभियोग लगाएका थिए। ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा डेमोक्रयाटबाट पराजयलाई उल्टाउने प्रयास गरेको बताए।

यो सँगै ५ महिनामा डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको यो चौँथो आपराधिक मुद्दा हो। ट्रम्प पहिले नै न्यूयोर्क, दक्षिण फ्लोरिडा र वाशिंगटनमा मुद्दाको सामना गरिरहेका छन्।

 पछिल्लो घटनामा पूर्वराष्ट्रपतिसँगै ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानीविरुद्ध पनि मुद्दा दर्ता भएको छ। ट्रम् विरुद्ध जारी अभियोगमा भनिएको छ, ‘ट्रम्प र यस अभियोगमा संलग्न अन्य अभियुक्तहरूले जानाजानी अवैध रूपमा ट्रम्पको पक्षमा चुनावी नतिजा परिवर्तन गर्ने प्रयास गरेका थिए।’

वास्तवमा यो मामिला जनवरी २, २०२१ को हो, जब ट्रम्पले जर्जियाका शीर्ष निर्वाचन अधिकारी ब्राड राफेन स्परगरलाई फोन गरेर चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन आदेश दिएका थिए। त्यसपछि ब्राड राफेन्सपर्जर र ट्रम्पबीच करिब एक घण्टा फोन वार्ता भयो।

विशेष कुरा के छ भने यो कल ह्वाइट हाउसको अफिसबाट गरिएको हो। तर, चुनाव अधिकारी ब्राड राफेन्सपर्जरले ट्रम्पको भनाइलाई स्वीकार गर्न अस्वीकार गरेका थिए। 

Skip This
Skip This
Logo