सत्ताधारी नेतालाई छानविनकाे डरले समिती बनाइएकाे छैनः योगेश भट्टराई

सत्ताधारी नेतालाई छानविनकाे डरले समिती बनाइएकाे छैनः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दाबी गरेका छन्।

उच्च स्तरिय छानविन समिती बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छनविन समिती नबनाएको उनकाे तर्कसमेत छ।

उधोग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफूहरुको रहर नभएको पनि बताएका छन्।

‘एमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,’ उनले भने, ‘हाम्रो माग एउटै हो उच्च स्तरिय छानविन समिती बनोस,निष्पक्ष छानबिनहाेस् ।’

उच्च स्तरिय छानविन समितीले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ। २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए।

मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउँदै उक्त निर्वाचनमा स्थानियदेखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन्।

Skip This
Skip This
Logo