आजको दिन तपाईंको ग्रहदशाको अवस्था के छ? हेर्नुहोस् आजको राशिफल !

आजको दिन तपाईंको ग्रहदशाको अवस्था के छ? हेर्नुहोस् आजको राशिफल !

केन्द्रबिन्दु
0
Shares

आज  २०८० श्रावण ३२ साउन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि ,आज चन्द्रमा सिंह राशिमा रहनेछ।

मेष राशि –
आजको दिन तपाईंका लागि जागिर तथा पेशाको लागि राम्रो समय छ। आयमा वृद्धि हुने छ, स्थान परिवर्तन पनि हुन सक्छ। कारोवार सुधारको लागि कुनै साथिको सहयोग मिल्न सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। आज दाजुभाई वा नजिकका आफन्तहरूसँग केही लाभदायक योजनाहरूमा छलफल गर्ने समय छ। आज कुनै पनि काम गर्दा आलस्य नदेखाउनुहाेला, आजको काम भोलिको लागि स्थगित गर्ने प्रयास  गर्दा घाटा हुन सक्छ।  साथै आफ्नो बोली नरम राख्दा चिताएकाे काम पुरा हुनेछ। 

बृष-
आजको दिन तपाईंका लागि अनुकूल रहने छ। तपाईं आफ्नो पुरानो ऋण पनि धेरै हदसम्म तिर्न सक्षम हुनुहुनेछ।  घरको मर्मतसम्भारमा पनि ध्यान दिनुहाेला। आज आफ्नो समय बर्बाद नगर्नुहोस्। अहिले व्यवसायिक गतिविधिमा खासै सुधारको सम्भावना छैन। घरको व्यवस्थालाई लिएर श्रीमान्,श्रीमतीबीच विवाद हुनसक्छ। टाउको दुखाइ र थकानले तपाईंलाई अलि असहज महसुस गराउन सक्छ। 

मिथुन-
आजको दिन तपाईंका लागि सकारात्मक परिणाम ल्याउनेछ।  परिवारको कुनै सदस्यसँग वाचा गर्नुभएको छ भने, त्यसलाई समयमै पूरा गर्नुहोला। कुनै कुरामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने तुरुन्तै निर्णय लिँदा  फाइदा नै हुनेछ। अहिले परिस्थिति तपाईंको पक्षमा छ,आम्दानीसँगै खर्च पनि बढ्ने याेग देखिएकाले सतर्क रहनुहाेला। घरपरिवार र व्यवसायमा कुनै बाहिरी व्यक्तिलाई हस्तक्षेप गर्न नदिनुहोस् अन्यथा भ्रम पैदा हुनेछ। 

कर्कट-
तपाईंको लागि आजको दिन खर्चिलो रहनेछ। आफ्नो खर्च नियन्त्रण गर्न सक्दो प्रयास गर्नुहाेला, अन्यथा समस्या आउन सक्छ।  परोपकारी कार्यमा रुचि बढ्नेछ। कसैबाट पैसा उधारो लिने सोच्नु भएको छ भने त्यसलाई पटक्कै नलिनुहोस् नत्र फिर्ता दिन समस्या हुनेछ। खुट्टा दुख्ने वा ढाड दुख्ने जस्ता समस्याले तपाईंलाई सताउन सक्छ।  कार्यक्षेत्रमा केही काममा तनाव रहनेछ।आज तपाईंले पुरानो घरेलु समस्यालाई सम्हाल्न याेग छ। भगवान गणेशको दर्शन गरेर आजको काम शुरु गर्दा राम्राे हुनेछ।

सिंह –
आजको दिन तपाईंको लागि ठूलो लक्ष्यतर्फ अघि बढ्ने दिन रहेकाे छ।  आज घरमा शुभ कार्यक्रम हुने छ। साथीभाइले काममा प्रोत्साहित गर्ने र यात्रामा जाने सम्भावना रहेकाे छ। एक भन्दा बढी स्रोतबाट आम्दानी पाउने र व्यापारिक अवस्थाको पूर्ण लाभ उठाउने याेग छ।कार्यक्षेत्रमा धेरैजसो काम आफैंले पूरा गर्ने प्रयास गर्नु राम्रो हुनेछ।  झूटो प्रेम वा मनोरञ्जनमा समय बर्बाद नगर्नुहोला। भगवान बिष्णुको दर्शन गरी घरबाट निस्कँदा फाइदा हुनेछ।

कन्या –
आजको  दिन तपाईंले जनताको विश्वास जित्न सक्ने याेग छ। आफ्नो कामको सूची बनाउँदा राम्रो हुनेछ।  व्यवसायीले केही योजना बनाएमा राम्रै फाइदा पक्कै मिल्नेछ।आफ्नो आर्थिक अवस्थालाई लिएर चिन्तित हुनुहुन्छ भने त्यसमा पनि आर्थिक लाभ हुनेछ। मातृपक्षबाट आर्थिक लाभ मिल्ने देखिन्छ। केही मानिसहरूले ईर्ष्याले तपाईंको समस्या बढाउन सक्छन्। छिमेकीसँग वादविवादको स्थिति आउनसक्छ।

तुला-
भाग्यको दृष्टिकोणले आजको दिन तपाईंको लागि राम्रो रहनेछ। व्यापार गर्ने व्यक्तिहरूले केही योजनाहरू बनाउनेछन्,  आर्थिक अवस्था पनि मजबुत हुनेछ।  आज आमाबाबुलाई धार्मिक यात्रामा लैजान सकिनेछ। आज तपाईंलाई मातृ पक्षबाट आर्थिक लाभ मिल्ने देखिन्छ। सन्तानबाट शुभ समाचार प्राप्त भएपछि मन प्रसन्न रहनेछ।  कहिलेकाहीँ अत्यधिक आत्मकेन्द्रित वा स्वार्थी हुनाले साथीहरूसँगको सम्बन्ध बिगार्न सक्छ। 

वृश्चिक-
आजको दिन कुनै पनि काममा लापरवाही नगर्नुहोला। कुनै पनि विषयमा बहस गर्दा घाटा हाेला, अन्यथा समस्या आउन सक्छ। परिवारका सदस्यहरुको सहयोग रहनेछ।  मध्यान्ह्पछि अचानक केहि काम सम्पन्न हुने सम्भावना छ। धेरै समय सोचेर नबस्नुहाेला।  आज तपाईंको खर्च धेरै हुने याेग छ सजक रहनुहाेला। आज लाभको अवसर पनि पाउनुहुनेछ। मानिसहरूसँग जोडिएर व्यापारको नयाँ स्रोतहरू खोल्न सकिने छ।  दाम्पत्य जीवन निकै सुखमय रहनेछ।  कार्यक्षेत्रमा समझदारी देखाउनुहोस्, अन्यथा विपक्षीहरूले तपाइँलाई हावी गर्ने प्रयास गर्नेछन् ।

धनु-
साझेदारीमा केही काम गर्नको लागि आजको दिन राम्रो छ र व्यावसायिक दृष्टिकोणले पनि दिन बलियो हुनेछ।  औद्योगिक प्रयासले गति लिनेछ।  माया र सहयोगको भावना मनमा रहनेछ।  जग्गा, भवन, पसल आदि खरिद गर्ने सपना पनि साकार हुनेछ। व्यापारिक स्थानमा कर्मचारीहरूसँग विवाद जस्ता कुनै पनि परिस्थिति सिर्जना नगर्नुहोला। श्रीमान्,श्रीमतीले आ-आफ्नो काममा व्यस्तताका कारण एकअर्कालाई समय दिन सक्ने छैनन्। आज अत्यधिक कामको बोझले चिडचिडापन र थकान निम्त्याँउन सक्छ। 

मकर-
आज तपाईंका लागि समझदारी देखाएर अगाडि बढ्ने दिन रहेकाेछ।  आफ्नो बढ्दो खर्चमा नियन्त्रण राख्नुहोला।  जागिरमा काम गर्ने व्यक्तिहरूको प्रयास तीव्र हुनेछ र कामको साथसाथै केही सानो अंशकालिक काम गर्न समय मिल्नेछ तर अधिकारीहरूसँग कुनै कुरामा विवाद हुन सक्छ। आज  केहि आफन्तहरु घर आउन सक्छन्। अल्छीपन्लाई  हावी हुन नदिनुहोला।  पुरानो नकारात्मक कुरा बाहिर आएमा आफन्तजन निराश हुन सक्छन्।

कुम्भ-
आजको दिन तपाईंको लागि महत्वपूर्ण रहनेछ।  अध्ययन र अध्यात्ममा रुचि बढ्नेछ।  शेयर बजारमा लगानि गर्न ठूलो जोखिम लिनबाट जोगिनुपर्नेछ।  कुनै पनि सरकारी योजनाको पूर्ण लाभ मिल्नेछ। आफ्नो लक्ष्यमा केन्द्रित रहेर अघि बढ्नुहाेला, अत्याधिक सोचाँइले सफलता हातबाट बाहिर निस्कन सक्छ।  त्यसैले छिटो निर्णय लिने प्रयास गर्दा फाइदा हुनेछ।

मिन-
पैसा सम्बन्धी मामिलामा आजको दिन तपाईंको लागि राम्रो रहनेछ। घरपरिवारका मानिसहरुसँग तालमेल राख्नुहाेला । बोलीमा ख्याल गर्नुहाेला । आज  अत्यधिक हस्तक्षेपले घरको वातावरण विगार्न सक्छ। दाजुभाईसँग कुनै कुरामा विवाद हुन सक्छ। वर्तमान व्यवसायमा  गरेको प्रयासले सफलता मिल्नेछ। सवारी चलाउँदा सावधानी अपनाउनुहाेला। 

Logo