२४ घण्टापछि खुल्यो नाग्म गमगढी सडक

२४ घण्टापछि खुल्यो नाग्म गमगढी सडक

केन्द्रबिन्दु
0
Shares

विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागगर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्तर्गत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ। 

मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारबाट विरोध गर्दै अएका थिए। तर,बुधबार भने स्थानीय र मृतकका आफन्तले दिनभरी नै सडक अवरुद्ध गरे। 

मृतकको उपचारमा लागेको खर्च १८ लाख रुपैयाँ प्राधिकरणको तर्फबाट दावा सिंह जे.भी र गाडि समितीले आधा आधा रकम तिर्ने, मृतकको बालबच्चाको भरण पोषणको लागि ५ लाख राहत दिने,जेभीले मृतकको अन्तिम संस्कारको लागि ९० हजार उपलब्ध गराउने तथा परिवारको एक सदस्यलाई नेपाल विद्युत प्राधिकरणले कर्मचारीमा नियुक्ति गर्ने लगायतका विषयमा सम्झाैंता भएपछि २४ घण्टापछि बन्द सडक खुलाइएको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय दामोदर प्रसाद आचार्याले जानकारी दिए। 

गत साउन १४ गते कनका सुन्दरी- २ मालिकावोता देउती माडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय  प्रशारण लाईनको काम गरिरहेका ४१ वर्षीय स्थानीय कर्णबहादुर रावतलाई तिव्र गतिमा आएको ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उनको भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो। 

Logo