भर्सटायल सङ्गीतकार/गायक शंकर थापा ‘स्माइल’ को नयाँ गीत ‘सम्झनामा ताजमहल’ सार्वजनिक भएको छ ।
गणेश शाहीकाे शब्द रचना रहेको यस गीतमा देवेन्द्र बरालले सङ्गीत भरेका छन् भने पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन् । साथै विप्लव अधिकारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोमा एक प्रेमिल जोडीको प्रेमभावलाई देखाइएको छ ।
माधव शर्माको निर्देशन रहेको म्युजिक भिडियोमा मोडल लेन र अनिता गिरीको अभिनय रहेको छ । सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोमा एक प्रेमिल जोडीको प्रेमभावलाई देखाइएको छ ।
भिडियोमा नवराज उप्रेती र दिनेश पराजुलीको सिनेम्याटोग्राफी तथा दिन्शन शाहको दृश्य तथा रङ्ग सम्पादन रहेको छ । क्याच स्टुडियोको पोष्ट प्रोडक्सनमा निर्माण भएको यस म्युजिक भिडियोलाई राइट ट्युन इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।































प्रतिक्रिया