थुनामा रहेका १० जनाको मुद्दा बालकृष्ण र टोपबहादुरसँगै राखेर हेर्न आदेश

थुनामा रहेका १० जनाको मुद्दा बालकृष्ण र टोपबहादुरसँगै राखेर हेर्न आदेश

केन्द्रबिन्दु
0
Shares

उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावलोकन प्रतिवेदन पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीको निवेदनसँगै पेस गर्न आदेश दिएको छ । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइपछि बाँकी प्रतिवादीहरुले पनि जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकै पटक पेश गर्न आदेश दिएको हो । 

बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दशै जनाको अर्को पेशी एकैपटक पेश गर्न आदेश दिएको हो । उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाण र रायमाझीले समेत मुद्दा पुनरावलोकनको लागि निवेदन दिएका थिए । 

Skip This
Skip This
Logo