सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौँबाट गएराति दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन। यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरू सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Skip This
Skip This
Logo