घाँस काट्दै गरेकी श्रीमतीको हत्या

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

बर्दियाको बढैयाताल गाउँपालिका-१, सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। सोही स्थानका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्।

घरबाट करिब ५०० मिटर टाढा धानखेतमा घाँस काटिरहेका बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo