चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छः प्रधानमन्त्री प्रचण्ड

चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन्। उनले भारत र बंगलादेशसँगको त्रिपक्षीय साझेदारीले नेपालीहित अनुकुल परिस्थिति बन्दै जाने विश्वास व्यक्त गरेका हुन्। 

शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइने बताए।

उनले यही समझदारीबाट उल्लेख्य परिमाणमा नेपाल-बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बन्ने पनि बताए।

उनले भने,‘यसै वर्षायाम भित्र नेपाल-बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल-बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ। मेरो आगामी महिनामा हुने चीन भ्रमणमा पनिउर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु।’ 

प्रधानमन्त्री दाहालले मित्रराष्ट्र भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन  सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेको बताए। 

Skip This
Skip This
Logo