महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने

महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने

केन्द्रबिन्दु
0
Shares

फिफा महिला विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन्।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे अष्ट्रेलियाको ब्रिसबन स्टेडियममा हुनेछ। सह-आयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने स्पेनले स्विडेनलाई पराजित गरेको थियो। महिला विश्व कपको उपाधिका लागि भोलि इंग्ल्याण्ड र स्पेन खेल्नेछन्।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै भोलि समापन हुनेछ।

Skip This
Skip This
Logo