दुई हजार पाँच सयभन्दा बढी युक्रेनी नागरिक रिहा

दुई हजार पाँच सयभन्दा बढी युक्रेनी नागरिक रिहा

केन्द्रबिन्दु
0
Shares

रूस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले शुक्रबार जनाएको छ ।

युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभका अनुसार युक्रेनले द्वन्द्व सुरु भएदेखि अहिलेसम्म रूससँग ४८ जना कैदीआदानप्रदान गरिसकेको छ । युसोभले द्वन्द्वको सक्रिय चरणमा भएको युक्रेन र रूसबीच कैदी अदलाबदलीको प्रक्रियालाई ‘अभूतपूर्व स्थिति’को रूपमा वर्णन गरेका छन् । 
 
युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदानप्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ । दुई देशबीच थप कैदी आदानप्रदानको तयारी भइरहेको उनले बताए । -सिन्ह्वा

Skip This
Skip This
Logo