स्पेनिस ला लिगामा रियलको जित

स्पेनिस ला लिगामा रियलको जित

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियाविरुद्ध जित हासिल गरेको छ। शनिबार राती भएको खेलमा रियलले अल्मेरिया लाई ३-१ गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा दुई गोल जुड बेलिंघमले गरे भने भिनिसियस जुनिअरले एक गोल थपे। अल्मेरियाका लागि भने सर्जियो आरिबासले एक गोल गरे। 

खेलको सुरुआती अग्रता भने अल्मेरियाले तेस्रो मिनेटमै लिएको थियो। हेडमार्फत गोल गर्दै आरिबासले आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर रियलले पुनरागमन गर्न सफल भयो।

बेलिंघमले १९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको ६०औँ मिनेटमा हेडरमार्फत गोल गर्दै बेलिंघमले रियललाई अग्रता दिलाए।त्यसपश्चात खेलको ७३औँ मिनेटमा भिनिसियसले गोल गर्दै अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे।  यस सिजनमा रियलको लगातार दोस्रो जित हो। उता,अल्मेरियाको भने यो लगातार दोस्रो हार हो । 

Skip This
Skip This
Logo