दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै

दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक आजका लागि बोलाइएको छ।

बिहान ११ बजेका लागि संसद सचिवालय सिंहदरबारमा रहेको भवन नम्बर २को हल नम्बर ३०१ मा बैठक बोलाइएको हो। बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्यका विषयमा छलफल हुनेछ।

राष्ट्रिय सभाको बैठक भने प्रमुख प्रतिपक्षी एमालेको अवरोध जारी रहेपछि भदौ ५ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ। एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि अवरोध गर्दै आएको छ।

Logo