सदन राेकेर सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् -रास्वपा

सदन राेकेर सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् -रास्वपा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सदनलाई बन्दी बनाएर प्रमुख प्रतिपक्षले जनताको मुद्धालाई ओझेलमा पारेको आरोप लगाएका छन्। 

आईतबार प्रतिनिधिसभा स्थगित भएपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद पराजुलीले सरकारले सदन अवरुद्धको मौका पारेर आफूलाई फाईदा पुग्ने काम गरिरहेको दाबी गरे । 

‘राजनीतिक खिचातानी र राजनीतिक भागभण्डाको कारणले गर्दा र प्रमुख प्रतिपक्ष ठुला भनिएका दलहहरुले पनि जनताको मुद्धाहरुलाई ओजेलमा पार्ने र आफ्नै राजनीतिक मुद्धामात्र अगाडि सार्ने र यसैको मौका छोपेर सरकारले पनि भटाभट आफ्नो काम अगाडि बढाउने कार्य भइरहेको छ ।’ उनले भने । 

सार्वभौम जनतालाई भ्रममा राख्नु र सदनलाई बन्दी बनाएर राख्नु धेरै दुखद पाटो  भएको सांसद पराजुलीको भनाई छ । 

Logo