मंगलबारदेखि संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास

मंगलबारदेखि संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबारदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् । 

संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्तदलका नेताहरुसँगको छलफल पश्चात गृहमन्त्री श्रेष्ठले भोलीसम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र मंगलबारदेखि संसद खुल्ने बताएका हुन् । 

उनले भने, ‘आजको बैठक संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रीय थियो । आज निष्कर्ष नआएपनि छलफल सकारात्मक भएको छ । आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउन सक्नुभएन, आजको छलफलका बारेमा अरुले पनि सल्लाह गर्ने भयो हामीलाई विश्वास छ, भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला की भन्ने आशा गरेको छु ।’ 

यस्तै, गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको विषयको टुङ्गो सिआईवीले नै लगाउने भन्दै यसमा कुनै दुई मत नभएको पनि बताए । उनले भने,‘सुन प्रकरणको सन्दर्भमा सिआइवीले अनुसन्धान गरिरहेको छ, सिआइवीले नै यसलाई टुङ्गोमा पुर्‍याउँछ । अब समग्रतामा यस्तो कार्य फेरि नहोस भन्नको लागि विमानस्थलमा वा अरु भन्सार कार्यालयहरुलाई छलफल गरेर निष्कर्षमा पुर्‍याउने कुरा छ ।’

Skip This
Skip This
Logo