संस्कृति र राजनीतिलाई फरक ढंगले नहेर्न कुलपति राईको आग्रह

संस्कृति र राजनीतिलाई फरक ढंगले नहेर्न कुलपति राईको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राईले संस्कृति र राजनीतिलाई फरक ढंगले नहेर्न आग्रह गरेका छन् । 

आईतबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालकै वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजित नेपाली राजनीति सन्दर्भमा विश्वेश्वर प्रसाद कोईराला र उनको साहित्य विषय अन्तर्क्रिया कार्यक्रममा कुलपति राईले संस्कृतिबाट निर्मित मानिसले नै  राज्य सत्तानिर्माण गरेकाले संस्कृति र राजनीतिलाई फरक ढंगले हेर्न नमिल्ने बताएका हुन् । 

उनले भने, ‘मान्छे मान्छे बन्नको लागि सबैभन्दापहिलानिर्माण गरेको भनेको श्रम हो । त्यहिश्रमले संस्कृतिनिर्माण भयो आविष्कार भयो । त्यही संस्कृतिले राजनीति अर्थतन्त्र सबै संस्कृतिको हाँगाहरु हुन् । जब संस्कृतिबाट निर्मित मानिसले राज्य सत्ता निर्माण गर्‍यो । अथवा राज्यसंस्थाको उत्पति भयो त्यसपछि सबै कुरा राजनीति भयो । त्यसैले संस्कृति र राजनीतिलाई फरक ढङग्ले सोच्नु हुँदैन् ।’

उनले संसार बदल्नुभन्दा अगाडीको प्रकृया व्याख्या भएकाले अहिले देश व्याख्याको चरणमा भएको टिप्पणी गरेका हुन् । उनले भने,‘संसार बदल्नुभन्दा अगाडिको प्रकृया व्याख्या हो, पहिला व्याख्या गर्नुपर्छ । वस्तुलाई युग सापेक्षमा पहिला व्याख्या गर्नुपर्छ  । संसार बदल्नलाई । र हामी व्याख्याको चरणमा छौंं अहिले ।’

Skip This
Skip This
Logo