नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। साेमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।
शीतल निवासमा आज दिउँसो १:४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति पौडेलको निजी सचिवालयले जानकारी दिएको छ। संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२)बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।































प्रतिक्रिया