अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

केन्द्रबिन्दु
0
Shares

अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ। मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो,मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन्। 

राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए । अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् । दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ ।

जङ्गली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनले सुनाए । यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ । 

Skip This
Skip This
Logo