सर्वदलीय बैठक भोलि बिहान ११ बजे बस्ने

सर्वदलीय बैठक भोलि बिहान ११ बजे बस्ने

केन्द्रबिन्दु
0
Shares

समय अभावका कारण आजका लागि बोलाइएको सर्वदलीय बैठक बुधवार बिहान ११ बजे बस्ने भएको छ । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले आज समय अभावका कारण बैठक भोलि बस्ने गरी स्थगीत भएको जानकारी दिए । 

‘आज प्रधानमन्त्री र सभामुखज्यूबीच पनि टेलिफोन कुराकारी भयो । प्रधानन्यायधीशको शपथलगायतका कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो ।’ उनले भने, ‘समय लिएरै छलफल गरौं भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ । बैठक ११ बजे यही सिंहदरबारमा बस्छ ।’ 

नेता ‍नेम्वाङले आजको कार्यदल बैठकसमेत सकारात्मक रुपमा सकिएको बताए । उनले भने, ‘आजको बैठक एक सकारात्मक छ । समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो ।’ समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए । 

Skip This
Skip This
Logo