हर्क साम्पाङमाथि अभद्र व्यवहार, २४ घण्टाभित्र पक्राउ नगरे मुद्धा हाल्ने चेतावनी [भिडियाेसहित]

हर्क साम्पाङमाथि अभद्र व्यवहार, २४ घण्टाभित्र पक्राउ नगरे मुद्धा हाल्ने चेतावनी [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । साम्पाङले आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै ति व्यक्तिहरुलाई २४ घण्टाभित्र पक्राउ नगरे आफूले मुद्धा हाल्ने चेतावनी दिएका हुन्। 

सामाजिक संजालमा अहिले भाइरल भएको एक भिडियोमा मेयर साम्पाङलाई एक महिलाले थर्काइरहेको देखिन्छ । ति महिलाले आफ्नो 'जग्गामा नआइजो भनेको होइन' भन्दै मेयर साम्पाङलाई भनेकी छिन्।  

साम्पाङले केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा गएर वृक्षारोपण गरेका थिए। सो सम्बन्धमा जग्गा धनीको निवेदनपछि अदालतले समेत बृक्षारोपण नगर्न आदेश दिएको थियो । तर साम्पाङ पुनः त्यो ठाउँमा पुगेपछि ति स्थानीय महिला आक्रोशित भएकी हुन्।
 
महिलाले अदालतको पत्र देखाउँदै 'मेरो जग्गााको विरुवा ओखल्दिन्छु’ भनेपछि मेयर हर्कले 'तिमिहरूको घर भत्काइदिन्छु' भनेको भिडियोमा सुनिएको छ। 'तिमिहरूको घर भत्काइदिन्छु’ भन्दै मेयर साम्पाङ फर्किएका छन्।  

भिडिओ भाइरल भएसँगै साम्पाङले मङ्गलबार बिहान फेसबुकमा स्टाटस लेखेका हुन्। उनले २४ घन्टाभित्र कस्टडीमा राखेर अनुसन्धान नचलाइए पत्रकार सम्मेलन गरेर सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जाने चेतावनी समेत दिएका छन्। उनले त्यसपछिको अराजकताको जिम्मेवारी कसले लिने भनेर प्रश्नसमेत गरेका छन् ।

 

Skip This
Skip This
Logo