आजको दिन तपाईंको ग्रहदशाको अवस्था के छ? हेर्नुहोस् राशिफल ! [भिडियाेसहित]

आजको दिन तपाईंको ग्रहदशाको अवस्था के छ? हेर्नुहोस् राशिफल ! [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

आज वि सं २०८० भाद्र ६ गते बुधबार,श्रावण  शुक्ल पक्षको सप्तमी तिथि। गोस्वामी तुलसीदास जयंती आफ्नो जन्म राशि थाहा छैन भने आज भगवान गणेशको दर्शन गर्नुस आजको दिन राम्रो रहने छ। 

दैनिक राशिफल मार्फत १२ वटा राशिको बारेमा जान्नुहोस्।

मेष राशि
मेष राशि हुनेहरुका लागी आजको दिनमन अशान्त रहनेछ तर सोचेको काम पुरा हुनेछ।  कुराकानी गर्दा सन्तुलनमा गर्नुस्। काममा यात्रा गर्नुपर्ने हुन सक्छ, यात्रा लाभदायक हुनेछ। स्वभावमा चिडचिडापन रहनेछ तर बोलीमा नम्रता राख्नुस्। पारिवारिक जीवन सुखमय रहनेछ। खर्च बढ्नेछ। सुखद समाचार प्राप्तहुनेछ। यो साता परिवारसँग समय बिताउने प्रशस्त अवसर मिल्नेछ, जसका कारण परिवारमा चलिरहेको तनावको वातावरणबाट राहत मिल्नेछ।  

मेष राशिको लागि शुभ अंक ६ र शुभ रङ सेतो रहेको छ।

बृष राशि
बृष राशि हुनेहरुका लागि आजको दिनमा आत्मविश्वासको कमी रहनेछ। रिस कन्ट्रोल गर्नुहोस् अनि मात्र मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला। साथीको आगमन हुन सक्छ।  मिष्ठान्न भोजनमा खर्च हुने छ, आम्दानी बढ्नेछ। सन्तानको इच्छा पूरा गर्न यो साता ठूलो निर्णय लिन सक्नुहुन्छ।

बृष राशिको लागि शुभ अंक ५ र शुभ रङ हरियो रहेको छ । 

मिथुन राशि
मिथुन राशि हुनेहरुको लागि आजको दिनमाकलावा संगीत प्रति झुकाव बढ्न सक्छ। सन्तान बाट शुभ समाचार सुन्न पाइनेछ। कुराकानी गर्दा शान्त रहनुहोस्।  अज्ञात डरले सताउन सक्छ। पारिवारिक सुखमा कमी आउनेछ। जम्मा भएको धनमा कमी आउन सक्छ । बोलिमा संयम राखेर वादविवादबाट टाढा रहनु राम्रो हुनेछ। परिवार, छोराछोरी र श्रीमतीसँग समय बिताउनुहोस्, जीवन कष्टदायी हुनेछ बिहान भगवान गणेशलाई दुबो चढाउँदा सबै काम बन्ने योग रहेको छ।

मिथुन राशिको लागि शुभ अंक ३ र शुभ रङ पहेलो रहेको छ । 

कर्कट राशि
कर्कट राशि हुनेहरुका लागि आजको दिनमा शान्त रहँदा फाईदा हुनेछ। अत्यधिक क्रोधबाट बच्नुहोला। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ । आत्मविश्वासमा बृद्धि हुनेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ तर अन्य ठाउँमा सरुवा हुन सक्छ । वादविवाद बाट टाढै रहनुहोला। कुनै ठुलो नोक्सान हुन सक्छ ध्यानदिनुहोला।

कर्कट राशिको लागि शुभ अंक७ र शुभ रङ खैरो रहेको छ ।

सिंह राशि
सिंह राशि हुनेहरुका लागि आजको दिनमा आत्मविश्वास भरिपूर्ण हुनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। केहि समयको लागि परिवारबाट टाढा जान सकिन्छ । पारिवारिक जीवन सुखमय रहनेछ। कला संगीततर्फ झुकाव बढ्नेछ। जगिर खोज्नेहरुको लागि साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। पारिवारिक भ्रमणमा बहिर जान सकिनेछ, जसकाकारण परिवारको वातावरण तपाईंको पक्षमा रहनेछ र इज्जत बढ्नेछ।

सिंह राशिको लागि शुभ अंक५ र शुभ रङ निलो रहेको छ । 

कन्या राशि
कन्या राशि हुनेहरुका लागि आजको दिन नोकरीमा कार्यस्थल परिवर्तन हुन सक्छ। मन अशान्त रहनेछ। काममा हाकिमसँग मतभेद हुन सक्छ ।  तपाईंले आफ्नो इच्छाविरुद्ध केही अतिरिक्त जिम्मेवारी पाउन सक्नुहनेछ। आत्मविश्वासले मन भरिपूर्ण रहनेछ । यो साता लिइएका निर्णयले आज ठुलो फाइदा दिनेछ।

कन्या राशिको लागि शुभ अंक ४ र शुभ रङ खैरो रहेको  छ । 

तुला राशि
तुला राशि हुनेहरुका लागि आजको दिनपारिवारिक र आर्थिक मामिलामा केही नयाँ समस्याहरू आउन सक्छन्, जसकाकारण तपाईंको स्वभावमा धेरै परिवर्तन देखिनेछ। धार्मिक संगीतमा रुचि बढ्न सक्छ।  लेखन तथा बौद्धिक कार्य आम्दानीको साधन बन्न सक्छ।  आशा र निराशाको मिश्रित अनुभूति हुनेछ। धनको स्थितिमा सुधार आउनेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नुहोला। शान्त रहेर क्रोधबाट टाढा रहनुहोला।

तुला राशिको लागि शुभ अंक ६ र शुभ रङ गुलाबी रहेको छ।

वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुका लागि आजको दिन विपक्षीहरुले तपाईंलाई केही षड्यन्त्रको सिकार बनाउन सक्छन्, सावधान रहनुहोला। दिनभर मानसिक शान्ति कम हुन सक्छ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। कार्यस्थलमा थप मिहेनत गर्नुपर्नेछ। काममा प्रगति हुने सम्भावना छ। हाकिमहरुको सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ। तर स्थान परिवर्तन हुने संभावना रहेको छ। 

वृश्चिक राशिको लागि शुभ अंक ८ र शुभ रङ निलो रहेको छ। 

धनु राशि
धनु राशि हुनेहरुको लागि आजको दि नपुराना चलिरहेको समस्याबाट छुटकारा मिल्नेछ। कला संगीतमा रुचि बढ्न सक्छ। व्यापारमा समस्या देखिन सक्छ, सचेत रहनुहोला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुुहोला। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। जागिरमा परिवर्तनको सम्भावना छ। अरु ठाउँमा जानुपर्ने हुन सक्छ। आमाबाट धन प्राप्तिको योग रहेको छ ।

धनु राशिको लागि शुभ अंक५ र शुभ रङ हरियो रहेको छ ।

मकर राशि
मकर राशि हुनेहरुको लागि आजको दिनमन अशान्त रहनेछ। पारिवारिक जीवनमा समस्या आउन सक्छ। जागिरमा परिवर्तनको सम्भावना छ। स्थान परिवर्तन पनि हुन सक्छ। आशा र निराशाको मिश्रित अनुभूति हुनेछ। रोकिएको धन मिल्ने छ आर्थिक स्थितिमा सुधार आउने छ। लेखन तथा बौद्धिक कार्यमा व्यस्तता रहनेछ।  अनियोजित खर्च बढ्न सक्छ।

मकर राशिको लागि शुभ अंक ५ र शुभ रङ आकाशे रहेको छ । 

कुम्भ राशि
कुम्भ राशि हुनेहरुको लागि आजको दिन आत्मविश्वासको कमी रहनेछ । अत्यधिक खर्चले समस्या पर्न सक्छ। तर, परिवारको सहयोग मिल्नेछ । अनावश्यक तनाव नलिनुहोला । आम्दानी बढ्नेछ। साथीभाइको सहयोग मिल्ने र थोक ब्यापारीको लागि आजको दिन राम्रो छ।

कुम्भ राशिको लागि शुभ अंक३ र शुभ रङ गोल्डेन रहेको छ । 

मिन राशि
मिन राशि हुनेहरुको लागि आजको दिनमा नसिक शान्ति मिल्नेछ। शैक्षिक कार्यमा कठिनाइले सताउन सक्छ।  नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। पारिवारिक जीवन सुखमय रहनेछ। वादविवादबाट टाढा रहनुहोला। यात्राको सम्भावना रहेको छ।  आम्दानी बढेसँगै लत्ता–कपडामा खर्च बढ्नेछ।

मिन राशिको लागि शुभ अंक ९ र शुभ रङ रातो रहेको छ। 

Logo