जापानले भोलीबाट समुन्द्रमा प्रशोधित रेडियोधर्मी फोहोर पानी छोड्ने

जापानले भोलीबाट समुन्द्रमा प्रशोधित रेडियोधर्मी फोहोर पानी छोड्ने

केन्द्रबिन्दु
0
Shares

जापानले बिहीबारदेखि प्रशान्त महासागरमा फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी छोड्ने भएको छ।

विगत १२ वर्षअघिको विवादास्पद तर सुनामीले क्षतिग्रस्त प्लान्ट बन्द गर्न दशकौं लामो कार्यमा यो आवश्यक कदम हो। योजनामा ​​संलग्न मन्त्रीहरुको बैठकमा प्रधानमन्त्री फुमियो किशिदाले सो कामलाई स्वीकृति दिएका हुन्।

किशिदाले टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्सलाई मौसम र समुद्री अवस्था अनुकूल भए बिहीबारदेखि पानी छोड्न निर्देशन दिएका हुन्। सरकारले सुरक्षा सुनिश्चित गर्न, माछापालन क्षेत्रको प्रतिष्ठामा आँच आउन नदिन र देशभित्र र बाहिर वैज्ञानिक स्पष्टीकरण र पारदर्शिता दिन सरकारले हरसम्भव प्रयास गरेको बताए।

किशिदाले दशकौं लामो पानी निस्कने र प्लान्ट बन्द गर्ने प्रक्रियामा सरकारले यी प्रयासहरूलाई निरन्तरता दिने प्रतिवद्धतासमेत जनाएका छन्।तर, जापानको मत्स्य ब्यावसायीले भने सरकारको सो स्विकृतिको भने चर्को विरोध गर्दै आएका छन्।  

Skip This
Skip This
Logo