अपर तामाकोशी हाइड्रोपावरको आज एजीएम, के-के छन् एजेन्डा ?

अपर तामाकोशी हाइड्रोपावरको आज एजीएम, के-के छन् एजेन्डा ?

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी हाइड्रोपावरको आज वार्षिक साधारण सभा बस्दैछ। साे सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात,नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ। अब कम्पनीले छिट्टै हकप्रद बिक्री खुला गर्नेछ। हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। 

हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो। हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

यता, कम्पनीले सभा र हकप्रद निष्कासनका लागि साउन २६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, साउन २५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न र सभामा भाग लिन सक्नेछन्। 

Skip This
Skip This
Logo