योगेश भट्टराईले भने- एमाले संसद् विरोधी होइन

योगेश भट्टराईले भने- एमाले संसद् विरोधी होइन

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिएको बताए । 'यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको। दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो। बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो। यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा एमालेलाई चाहिन्छ,' उनले भने। 

अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे । साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे।

Skip This
Skip This
Logo