राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पोखरामा पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेको भन्दै शालिक जस्ताको तस्तै खडा गर्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले इतिहास मेटेर देश बन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले भने, 'पृथ्वीनारायण शाहको शालिक पोखरामा तोडफोड गरेर फालिएको छ । त्यसलाई जस्ताको त्यस्तै बनाउनुपर्छ देश बन्ने भनेको ईतिहासलाई मेटाएर होइन रक्षा गरेर हो । पोखराको पृथ्वीनारायण चोकमा शालिक ज्यूँ का त्यूँ खडा गर्नुपर्छ ।'
सांसद शाहीले गाई काटेर सामाजिक सञ्जालमा राख्नेहरुलाई कारवाही गर्नसमेत माग गरेका छन् । उनले ९३.४२ प्रतिशत बैद्धिक सनातन धर्म मान्नेहरुको आस्थाको धज्जी उडाइरहेको अवस्थामा गृहमन्त्रीले रमिता र जात्रा हेरेर बसेको भन्दै पक्राउ गरेर कारबाहीको लागि माग गरेका हुन् ।
सांसद शाहीले यसरी अपराध हिंसा गर्ने हिम्मत भए साउदी अरबमा गएर सुंगुर मारेर आउन चेतावनी दिए।































प्रतिक्रिया