गिरिबन्धु टी-स्टेटको ५६ सय रोपनी जग्गाको छानविन गर्नुपर्छः सांसद खतिवडा

गिरिबन्धु टी-स्टेटको ५६ सय रोपनी जग्गाको छानविन गर्नुपर्छः सांसद खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेटको जग्गाको बारेमा सरकारले ध्यानदिनु पर्ने बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले तत्कालीन एमालेले सरकारको पालामा गिरिबन्धु टि स्टेटको जग्गा बदनियत राखेर टी स्टेटलाई चलाउन दिएको बताएका हुन् । 

गिरिबन्धु टि स्टेटको जग्गाबहुचर्चित ललितानिवासको जग्गाप्रकरण भन्दापनिखतरनाक रहेको भन्दै उनले भने, ‘गिरिबन्धु टी स्टेटको जग्गा झन्डै ६५ सय रोपनीजग्गा कौडीको भाउमा दिएर देशको सम्पति ब्रम्ह्लुट गर्ने काम भएको छ यसमा सरकार चनाखो हुनुपर्छ भनेर अनुरोध गर्न चाहान्छु ।’

सांसद खतिवडाले शहरीकरणको नाममा तत्कालीन सरकारले टी स्टेटको जग्गाव्यक्तिको स्वार्थ पूर्ति गर्न ललितानिवास भन्दा ठूलो घोटाला गरेको भन्दै त्यसमा छानविन गर्नुपर्ने माग गरे । 

उनले भने, ‘२०११ सालमा जग्गा हदबन्दी गरिँदा उद्योगधन्दाको निम्ति कम्पनीअन्र्तगत राख्न छुट दिने नीति सरकारले लिएको थियो । २०२९ सालमा गिरिबन्धु टि स्टेटको नाममा  ५०० बिघा जग्गा कायम भएको थियो । उक्त जग्गालाई शहरीकरणको नाममा कम मूल्यमा बेच्ने र डाडामा लगेर जग्गा सट्टा भर्ना गर्ने काम भएको छ । २०७८ साल माघ २६ गते भूमिसुधार मन्त्रालयबाट मन्त्री/प्रधानमन्त्रीको नेतृत्वमा ऐन संशोधन गरेरदफा ११को २ लाई सट्टा भर्ना गर्ने निणर्य गरियो ।०८७ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गरियो । ०२९ पुष ११ मा राजपत्रमा ५०० विघा भएको जग्गालाई हाल ३४२ विघा कायम गरेर १५७ विघा अन्यत्रै लगेर यो कौडीको भाउमा बेचेर व्यक्तिको लाभ र केही मान्छेहरुको लाभको लागि यो ललितानिवास भन्दा ठूलो भ्रष्टाचार गर्ने प्रपञ्च गरिएको छ यसमा छानविन गर्नुपर्छ ।’

Logo