आज वि सं २०८० भाद्र ७ गते बिहीबार, श्रावण शुक्ल पक्षको अष्टमी तिथि। आज व्यापार,विवाह र गृह प्रवेश गर्नेहरुका लागि यो समय शुभ रहेको छैन। यस्तै आज सवारी साधन खरिद गर्नेको लागि भने शुभ समय रहेको छ। दैनिक राशिफल मार्फत १२ वटा राशिको बारेमा जान्नुहोस्।
मेष राशि
मेष राशि हुनेहरुको लागी आजको दिन मानसिक शान्ति मिल्नेछ। आफ्नो काममा एकाग्र दिनुहोला । शैक्षिक वा बौद्धिक कार्यमा मानसम्मान मिल्न सक्छ। आकस्मिक धन प्राप्तिको सम्भावना रहेको छ । मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। पारिवारिक जीवन सुखमय रहला। व्यापारमा वृद्धि हुनेछ । आज समयमा घर फर्कँदा राम्रो हुनेछ।
मेष राशिको लागि शुभ अंक ८ र शुभ रङ सुन्तला रहेको छ।
बृष राशि
बृष राशि हुनेहरुको लागि आजको दिनमा लामो समयदेखि महसुस गरिरहनुभएको थकान र तनावबाट राहत पाउनुहुनेछ। काममा प्रगति हुने सम्भावना छ । परिवारबाट टाढा जाने समय रहेको छ। घरमा भौतिक सुखको विस्तार हुनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। आम्दानी बढेसँगै आर्थिक पक्ष बलियो हुने सम्भावना छ ।
बृष राशिको लागि शुभ अंक २ र शुभ रङ हरियो रहेको छ।
मिथुन राशि
मिथुन राशि हुनेहरुको लागि आजको दिनमा लामो समयदेखि भएको रोगबाट छुटकारा पाउन सकिने छ । मनमा नकारात्मक प्रभावबाट बच्नुहोला। मानसिक शान्ति हुने प्रयास गर्दा फाइदा हुने छ। व्यापार व्यवसायमा सुधार आउनेछ। पारिवारिक जीवन सुखमयसँगै व्यापारमा वृद्धि हुनेछ । आफ्नो स्वास्थ्यको बारेमा सावधान रहँदै अनावश्यक तनावबाट बच्नुहोला। आज तपाईंसँग ऋण माग्न आउने छन्। बिचार गरेर ऋण दिनुहोला।
मिथुन राशिको लागि शुभ अंक ६ र शुभ रङ सेतो रहेको छ।
कर्कट राशि
कर्कट राशि हुनेहरुको लागि आजको दिनमा मन अशान्त रहनेछ। आत्मविश्वासको कमी हुने छ। बैंक सम्बन्धी लेनदेनमा धेरै सावधानी अपनाउनुपर्ने देखिन्छ। आमाबुवालाई आफ्नो महत्वाकांक्षा बताउन यो समय सही रहेको छ। आज आमाबुबाले तपाईंलाई समर्थन गर्नेछन्। एकाग्रता र कडा परिश्रम गर्न आवश्यक छ। अनावश्यक बादविवादबाट टाढा रहनुहोला। कुराकानीमा शान्त रहेसँगै कला संगीत तर्फ झुकाव बढ्नेछ। काममा फेरबदल हुनसक्छ ।
कर्कट राशिको लागि शुभ अंक ९ र शुभ रङ स्लेटि रहेको छ।
सिंह राशि
सिंह राशि हुनेहरुको लागि आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनेछ । हतारमा लगानी नगर्नुहोला। शैक्षिक कार्यमा सफलता मिल्नेछ। बौद्धिक कार्यमा मान–सम्मान मिल्ने योग रहेको छ। पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। आज तपाईंको लागि सबै कुरा शान्तिमय हुनेछ।
सिंह राशिको लागि शुभ अंक ७ र शुभ रङ केशरी रहेको छ।
कन्या राशि
कन्या राशि हुनेहरुको लागि आजको दिन मन चंचल रहनेछ।शान्त रहँदै अत्यधिक क्रोधबाट बच्नुहोला। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा परिवर्तन आउने छ।व्यापारमा आएको कठिनाइको सामना गर्न सक्नुहुने छ। पुरानो लगानी गरेकाहरुलाई आज आर्थिक हानि हुने सम्भावना छ।कठिन समयमा तपाईंलाई सहयोग गर्ने आफन्तहरूप्रति कृतज्ञता व्यक्त गर्दा मन शान्त रहने छ।
कन्या राशिको लागि शुभ अंक ६ र शुभ रङ निलो रहेको छ।
तुला राशि
तुला राशि हुनेहरुको लागि आजको दिन मन प्रसन्न रहनेछ। व्यवसाय विस्तारमा खर्च बढ्न सक्छ। आर्थिक स्थितिमा सुधार हुनेछ साथसाथै खर्च पनि बढ्नेछ। आज धैर्यताको कमी हुने छ। तपाईंको कठोरताले वरपरका मानिसहरूलाई चोट पुर्याउन सक्छ। परिवारको सहयोग मिल्नेछ। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ। आम्दानीमा पनि वृद्धि हुने योग रहेको छ।
तुला राशिको लागि शुभ अंक ६ र शुभ रङ पहेलोको रहेको छ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुको लागि आजको दिन बचत गरिएको पैसा उपयोगी हुन सक्छ। धैर्य गर्दा काममा प्रगति हुने सम्भावना छ। तर अर्को ठाउँमा जानुपर्ने हुन सक्छ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। जीवन अस्तव्यस्त हुन सक्छ। आम्दानिमा सुधार आउनेछ। आमाको सहयोग मिल्ने योग रहेपनि मतभेदका कारण व्यक्तिगत सम्बन्धमा दरार आउन सक्छ।
वृश्चिक राशिको लागि शुभ अंक १ र शुभ रङ गुलाबि रहेको छ।
धनु राशि
धनु राशि हुनेहरुको लागि आजको दिन विगतमा लगानी गरेको पैसाको लाभ मिल्ने छ । घरमा उल्लासको वातावरणले तनाव कम गर्नेछ। आत्मसंयम रहेर क्रोधबाट टाढा रहनुहोला। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। जीवन साथीको सहयोग मिल्न सक्छ। पारिवारिक समस्याले सताउनेछ। नयाँ कामहरु थपिने र मिहिनेत बढ्ने समय छ । मन अशान्त रहेपनी दाम्पत्य जीवनको दृष्टिकोणले आजको दिन राम्रो रहनेछ।
धनु राशिको लागि शुभ अंक ७ र शुभ रङ खैरो रहेको छ।
मकर राशि
मकर राशि हुनेहरुको लागि आजको दिन प्रियजनले केही हदसम्म रिस उठाउन सक्छन्, जसले तपाईंको दिमाग तताउने छ ,बोलीमा मिठास राख्दै संयमता कायम राख्ने प्रयास गर्नुहोला। काममा परिवर्तनको सम्भावना छ। आत्मविश्वासको कमी रहनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। पढाइमा कठिनाइ आउन सक्छ।
मकर राशिको लागि शुभ अंक ८ र शुभ रङ खैरो रहेको छ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरुको लागि आजको दिन सन्तुष्टिको अनुभूति हुन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। आफ्नो कामको लागि अरूलाई दबाब नदिनुहोला। अरुहरुको इच्छा र रुचिलाई पनि विचार गरेर,आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोला । अत्यधिक क्रोधबाट बचेर हिँडदा फाईदा हुने छ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सहयोग मिल्नेछ।
कुम्भ राशिको लागि शुभ अंक ६ र शुभ रङ कलेजि रहेको छ।
मिन राशि
मिन राशि हुनेहरुको लागि आजको दिन मन अशान्त रहनेछ। सामाजिक सन्जालमा टिकाटिपणि गर्दा विवादमा तानिने समय रहेको छ सचेत रहनुहोला। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। व्यापारमा साथीभाइको सहयोग मिल्नेछ । बोलीमा नम्रता राख्नहोला। जीवनसाथीबीच विश्वासको कमी हुन सक्छ। जसका कारण आज दाम्पत्य जीवनमा तनाव आउने योग रहेको छ।
मिन राशिको लागि शुभ अंक ३ र शुभ रङ आकासे रहेको छ।





























प्रतिक्रिया