क्रसरले उजाडेकाे नदी किनार, अब मन भुलाउन हरितपार्क

क्रसरले उजाडेकाे नदी किनार, अब मन भुलाउन हरितपार्क

केन्द्रबिन्दु
0
Shares

वरपर क्रसरले मरुभुमी वनाएका फाँटहरू छन्। कतै माटो तथा बालुवा उत्तखनन गर्दा बनेका गहिरा खाल्डा देखिन्छन् त कतै गिटी र वालुवा थुपारेका पहाड भेटिन्छन्।

वर्षायाममा पनि धुलोको कुइरीमण्डलले यही बटो भएर बर्दिबासका दक्षिणतर्फ जाने यात्रुहरु मुख छोप्नै पर्न बाध्यता छ। तर यो विरक्त लाग्दो वातावरणिय दुर्दशाको दैनिक आवतजावत गर्ने भुक्तभोगी मात्र हैन,बाहिरबाट आएका व्यक्तिहरु समेत एकैछिन भए पनी यो ठाउँमा आजकाल अडिन लागेका छन्।

कारण हो रातु मित्रपार्क। रातु नदिको किनारामा लगाइएका सयौँ जातका विरुवाहरुले अहिले हरियाली छरेका छन्। रोटरी कलव अफ बर्दिबासले झण्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क बनाउने उदेश्यले लगाइएको झण्डै २६ सय भन्दा बढी बिरुवाहरु हुर्केसगैँ रातु नदिको तटिय क्षेत्र हराभरा बनेको छ ।

बर्ष दिन अगाडीसम्म वालुवा नै वालुवाका कारण उराठलाग्दो मरुभुमी देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसँगै स्थानिय र यात्रुहरुलाई एकैछिन भएपनि स्वच्छ अक्सिजन लिन सकिने विश्रामस्थल बनेको स्थानियहरु बताउँछन्।

पूर्व रोटरी कलव अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा झण्डै १ करोड २५ लाख लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा धमाधम देखिन थालेको छ।

त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्रपार्कको सौन्दर्यकरणमा निक्कै मेहनत गरेका छन्। ड्यामकोमाथि पट्टिवाट सुन्दर बाटो बनाइएको छ भने घामले बिरुवाहरु नसुकुन भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतम बताए। चारैतिर पर्खाल घेरेर बनाइएको उक्त हरितपार्कले आकार लिएसगैँ अवलोकन गर्नेहरुको संख्या समेत बढिरहेको छ।

रातु मित्रपार्क मात्र हैन, रोटरी कलवले बर्दिबासलाइ हरित सहरको रुपमा बिकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम बताउँछ्न। अहिलेसम्म झण्डै ५ हजार बिरुवा रोपेको बताउदै अध्यक्ष गौतमले मुख्य सडकको विचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको बताए।

बर्दिवास चोकको पूर्व-पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी कलवको नै देन हो। नदिका किनारहरुमा क्रसर ब्याबसायीहरुका कारण नदि उकास जग्गा समेत अतिक्रमण भइरहेको जनगुनासो बढीरहेको वेला रोटरी कलवले नदि उकास जग्गालाइ हरित पार्क बनाएपछी चर्चा सुरु भएको छ।

पछिल्लो समय होटल हवको रुपमा विकास भएको बर्दिवासमा आउने आन्तरिक र बाह्य पर्यटकको लागी समेत यो हरितपार्क निक्कै उपयोगी सावित भएको होटल व्यवसायीहरु बताउँछन्।

Skip This
Skip This
Logo