गौरा पर्वले राष्ट्रिय एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएकाे छः सभापति देउवा

गौरा पर्वले राष्ट्रिय एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएकाे छः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम क्षेत्रमा धुमधामसँग मनाइने गौरा पर्वले नेपाल र नेपालीको जनजीवनमा विशिष्ट पहिचान बनाएको बताएका छन्।

गौरा पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका हुन्।

‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन्। जसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएकाे छ ।’

Skip This
Skip This
Logo