उर्जा तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्र अझ यथार्थपूरक बनाउने गरी सरकारले काम अगाडि बढाएको बताएका छन् ।
बिहीबार जल तथा मौसम विज्ञान विभागमा अनुगमनको क्रममा मन्त्री बस्नेतले डिएचएमले पूर्व सूचना पूर्वानुमान प्रणालीलाई व्यवस्थित गर्ने कुरामा काम गरिरहेको बताएका हुन् । उनले सरकारले पनि आवश्यक प्रविधि जनशक्ति र तालिम व्यवस्था गरी यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्र अझ यथार्थपूरक बनाउने गरी काम अगाडि बढाएको बताए।
उनले भने ,‘डिएचएमले पूर्व सूचना पूर्वानुमान प्रणालीलाई व्यवस्थित गर्ने कुरामा काम गरिरहेको छ । पूर्वानुमानलाई अझ अनुमान योग्य र भरपर्दो कसरी बनाउने त्यसमा ध्यान दिन जरुरी छ । आवश्यक प्रविधि जनशक्ति र तालिमको कुरामा मन्त्रालयले पूरा ध्यान पुर्याउने छौं यो आर्थिक वर्षमा पूर्वानुमानको क्षेत्र अझ यथार्थपूरक बनाउने गरी काम अगाडि बढाएका छौं।’
उनले जलवायू परिवर्तनको प्रभाव जलमौसमको क्षेत्रमा अझ बढदै गइरहेको टिप्पणी गरे । उनले भने,‘जलवायु परिवर्तनको प्रभाव जल मौसमको क्षेत्रमा अझ बढ्दै गइरहेको छ । त्यसले हामीलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । जल तथा मौसम क्षेत्रमा मौसमको अवस्थामा पूर्वानुमानको विषयपूर्व सावधानका विषय उपाय अबलम्बन गर्ने कुरा सबैको ध्यान जानुपर्छ ।’































प्रतिक्रिया