सुन तस्करहरु लुकाउन गिरिबन्धु टी-स्टेट भ्रष्टाचार आरोप लगाइयोः अध्यक्ष ओली

सुन तस्करहरु लुकाउन गिरिबन्धु टी-स्टेट भ्रष्टाचार आरोप लगाइयोः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन आफूलाई गिरिबन्धु टी-स्टेटको भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा अध्यक्ष ओलीले पहिले नै ७० बिगा जग्गा बेचेकोमा आफ्नो सरकार हुँदा कानूनबिना बेच्न पाईंदैन भनेर कानून बनाउँदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन साे आरोप लगाइएको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘१०० केजी ६१ मा झर्‍यो । साढे ९ केजी कतिमा झर्‍यो थाहा छैन । यति मजाक गरिरहन भ्रष्टाचारको यसको खालको कुरालाई लुकाउन गिरिबन्धु टी स्टेट झापामा छ त्यसमा खायो केपी ओलीले गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होईन् गिरि बन्धुको हो २१ सालदेखि छ । पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो उहाँहरुकै सरकारले म आएपछि कानून बिना बेच्न हुँदैन भनेको थिए ।कानून बनाई दिएँ भ्रष्टाचार भयो रे ।’

अध्यक्ष ओलीले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे । एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व भएकाले दुई किलो सुन र दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरे । 

उनले भने,‘उता चिल आयो भन्ने यता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ। यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला । देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व हो देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो । दुई तोला, सुन दुई गट्टा रुपैयाँ,यस्ता कुरामा बिक्ने वाला छैन ।’ 

Skip This
Skip This
Logo