भारतीय गायिका शिल्पा राव नेपालमा, एयरपोर्टमै गुञ्जिइन्

भारतीय गायिका शिल्पा राव नेपालमा, एयरपोर्टमै गुञ्जिइन्

केन्द्रबिन्दु
0
Shares

भारतीय गायिका शिल्पा राव नेपाल आएकी छिन् । शुक्रबार सोल्टी होटलको प्राईभ नेपाल क्लवमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं उत्रिएकी गायिका राव बिहिबार दिउसो काठमाडौंस्थित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । 

काठमाडौं उत्रिए लगत्तै संचारकर्मीसंग उनले नेपालको खुलेर प्रशंसा गरिन् । उनले भनिन्, ‘आप बहुत सुन्दर जगह मे रहते है ।’ लगत्तै गीत गुन्गुनाएकी उनले संचारकर्मी समक्ष ‘जो भी है सब मेरा, तेरे हवाला कर्दिया ’ सुनाइन् । 

तपाईको काठमाडौंमा एक्सपेक्टेशन के हो ? पत्रकारको प्रश्नमा उनले भनिन् ‘एक्पेक्टेशन हम पर्फम गर्न चाहाते है । आप दिलसे सुनिए और हम बहत मजे गर्ने वाले है द्याटस् इट । ’

उनले पत्रकारको आग्रहमा विमानस्थलमै अर्को गीत समेत गुनगुनाएकी थिइन् । रोअर ईन्टरटेनमेन्ट र एरिना ईन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना हुन लागेको सो कार्यक्रममा भाग लिन राव पहिलोपटक नेपाल आएकी हुन् । 

सो कार्यक्रममा सहभागि हुन चाहानेले माई पे अनलाईन मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए । माई पे कार्यक्रमको टिकेटिङ पार्टनर हो । कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन् । 

कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्दैछिन् ।

Skip This
Skip This
Logo