आज वि सं २०८० भाद्र ८ गते शुक्रबार, शुक्ल पक्षको नवमि तिथि। आज चन्द्रमाले धनु राशिमा संचार गर्नेछ। आज व्यापार,विवाह र गृह प्रवेशको लागि शुभ समय छैन।
यस्तै अपरेशन गर्न तथा ऋण तिर्नको लागि भने राम्रो तिथि रहेको छ सबै राशिकोले आज आमाको खुट्टा छोएर घरबाट बाहिर निस्कँदा सुभफल मिल्नेछ। दैनिक राशिफल मार्फत १२ वटा राशिको बारेमा जान्नुहोस्।
मेष राशि
मेष राशि हुनेहरुको लागी आजको दिन आर्थिक स्थितिमा सुधार हुनेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। आज भाग्यको पूर्ण सहयोग मिल्नेछ। आज कसैको सहयोगले धेरै दिनदेखि रोकिएको काम पूरा गर्न सकिनेछ। आर्थिक पक्ष बलियो रहने र आर्थिक लाभको अवसर मिल्नेछ।
मेष राशिको लागि शुभ अंक २ र शुभ रङ सेतो रहेको छ।
बृष राशि
बृष राशि हुनेहरुको लागी आजको दिन सन्तानको शिक्षामा खर्च हुने छ। करियरका लागि यो समय उपयुक्त छ। यो समय शिक्षा र सीपको लागि राम्रो समाचार ल्याउन सक्छ। आजको दिन अनुशासनमा बस्नहोला। सामाजिक सञ्जालमा संलग्न हुनेहरुका लागि राम्रो छ। कामको सिलसिलामा यात्रा गर्न सकिनेछ। पति–पत्नीको सम्बन्धमा मिठास बढ्नेछ।
बृष राशिको लागि शुभ अंक १ र शुभ रङ गोल्डेन रहेको छ।
मिथुन राशि
मिथुन राशि हुनेहरुको लागी आजको दिन आफ्नो तनाव कम गर्न परिवारका सदस्यहरूको सहयोग लिनुहोला।व् यापार व्यवसायमा उतारचढावको स्थिति आउन सक्छ। आज यस राशिका मानिसहरु उर्जाले भरिपूर्ण रहनेछन्। दिन सकारात्मक रहने छ। साहित्य र कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि आजको दिन विशेष रहनेछ। नयाँ परियोजनाहरू हात पार्न सकिनेछ। धन लाभ हुन सक्छ। नोकरी व्यवसायमा आम्दानी बढ्नेछ ।
मिथुन राशिको लागि शुभ अंक ८ र शुभ रङ निलो रहेको छ।
कर्कट राशि
कर्कट राशि हुनेहरुको लागी आजको दिन विगतका गलत निर्णयले मानसिक अशान्ति र कष्टको कारण बन्नेछ। आजको दिन अनुसार उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। कार्यालयमा पदोन्नति हुन सक्छ। परिवारमा सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। अविवाहितलाई विवाहको प्रस्ताव आउन सक्छ।
कर्कट राशिको लागि शुभ अंक ३ र शुभ रङ पहेलो रहेको छ।
सिंह राशि
सिंह राशि हुनेहरुको लागी आजको दिन व्यस्त भएपनि स्वास्थ्य राम्रो रहनेछ। पुरानो लगानीका कारण आम्दानीमा वृद्धि हुनेछ । आफ्नो परिवारको उन्नतिको लागि कडा परिश्रम गर्नुहोला। यस राशिका व्यक्तिहरूले आज मानसिक तनावको अनुभव गर्न सक्छन्, कार्यस्थलमा कामको बोझ महसुस हुनेछ। घरजग्गासँग सम्बन्धित कारोबारमा आर्थिक लाभ प्राप्त गर्न सक्ने छन्। घर निर्माणमा लगानी गर्न सकिनेछ ।
सिंह राशिको लागि शुभ अंक १ र शुभ रङ गोल्डेन रहेको छ।
कन्या राशि
कन्या राशि हुनेहरुको लागी आजको दिन परोपकार र सामाजिक कार्यले आकर्षित गर्नेछ। काममा थोरै समय दिनुभयो भने धेरै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । जीवन साथीलाई बुझ्नमा गल्ती हुन सक्छ, जसका कारण दिन दुःखमा बित्नेछ। सुख शान्तिको वातावरण कायम राख्नुहोला। विद्यार्थीहरूले प्रतिस्पर्धात्मक परीक्षाहरूमा राम्रो नतिजाको लागि कडा परिश्रम गर्नुपर्नेछ। परिवारसँग घुम्न जाने योजना बन्न सक्छ। आज पति पत्नीले सँगै सुन्दर पल बिताउनेछन्।
कन्या राशिको लागि शुभ अंक ८ रङ शुभ निलो रहेको छ।
तुला राशि
तुला राशि हुनेहरुको लागी आजको दिन खर्चलाई नियन्त्रण गर्नुहोला। आज तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। नोकरी व्यावसायमा आर्थिक लाभ हुन सक्छ। कार्यालयमा राम्रो काम गरेबापत सम्मान वा पदोन्नति पाउन सकिनेछ।बोल्ने तरिकाले सबैको मन जित्न सकिन्छ।
तुला राशिको लागि शुभ अंक २ र शुभ रङ सेतो रहेको छ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुको लागी आजको दिन तौलको ख्याल राख्नुहोला। आज धन सम्बन्धी समस्याले समस्या पर्न सक्छ। यो राशिका व्यक्तिहरु आज मानसिक रुपमा अशान्त रहन सक्छन। नोकरी व्यवसायका लागि दिन सामान्य रहेको छ, भविष्यको कुनै योजनामा पूँजी लगानी गर्न सकिनेछ। आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोला।
वृश्चिक राशिको लागि शुभ अंक ४ र शुभ रङ खैरो रहेको छ।
धनु राशि
धनु राशि हुनेहरुको लागी आजको दिन घरको सदस्यबाट ऋण लिनुभएको छ भने आजै फिर्ता गर्नुहोला नत्र येहि बिषयमा झगडा हुनेछ । आज मान सम्मानमा हानि हुन सक्छ। परिवारलाई समय दिनुहोला। विद्यार्थीहरूले अध्ययनमा ध्यान दिनु आवश्यक छ। आफ्नो व्यावसायिक जीवन र व्यक्तिगत जीवनबीच सन्तुलन कायम राख्न सक्षम हुनुहुनेछ। नयाँ परियोजनामा पूँजी लगानी गरेर पैसा कमाउन सकिनेछ।
धनु राशिको लागि शुभ अंक-१ र शुभ रङ सुन्तला रहेको छ।
मकर राशि
मकर राशि हुनेहरुको लागी आजको दिन ज्ञान र हास्य भावनाले वरपरका मानिसहरूलाई प्रभावित गर्नेछ। आज दिएको पुरानो ऋण फिर्ता पाउनु हुनेछ। कार्यस्थलमा प्रगति हुनेछ।आज तपाईंले आफ्नो व्यक्तिगत जीवनमा कुनै धार्मिक कार्यक्रममा भाग लिन सक्नुहुन्छ, जसले तपाईंलाई मानसिक शान्ति दिनेछ। विद्यार्थीहरूका लागि मेहनत गर्ने दिन छ। परिवारको सहयोगसँगै जीवन साथीको समेत सहयोग मिल्नेछ।
मकर राशिको लागि शुभ अंक १ र शुभ रङ गोल्डेन रहेको छ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरुको लागि आजको दिन आत्मविश्वास बढ्ने छ।आकस्मिक खर्चले आर्थिक बोझ बढ्न सक्छ। अरुलाई खुशी दिएर पुराना गल्ती बिर्सेर जीवनलाई सार्थक बनाउने कोशिस गर्नुहाला। आफ्नो बायोडाटा पठाउन वा अन्तर्वार्तामा जानको लागि राम्रो समय छ। आज पुरानो ऋण फिर्ता पाउन सकिनेछ। कार्यस्थलमा प्रगति होला। विद्यार्थीहरूका लागि मेहनत गर्ने समय रहेको छ।
कुम्भ राशिको लागि शुभ अंक ७ र शुभ रङ खैरो रहेको छ।
मिन राशि
मिन राशि हुनेहरुको लागी आजको दिन रिसलाइ कण्ट्रोल गर्नुहोला। मानसिक अशान्ति महसुस गर्ने समय रहेको छ। आजको दनि स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। कुनै नयाँ कामको थालनी गर्न चाहनुहुन्छ भने दिन राम्रो छ। पूर्ण सफलता मिल्नेछ।अफिसमा अनावश्यक वादविवादमा पर्दा तनाव बढ्न सक्छ।
मिन राशिको लागि शुभ अंक ५ र शुभ रङ हरियो रहेको छ।































प्रतिक्रिया