निरन्तरको वर्षाले नदीहरूमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो।
दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको छ। खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रशासनले सिराहामा पछिल्लो २४ घण्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो। आज, शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।































प्रतिक्रिया