जीतुले अब ‘जितुको हास्य व्यंग्य गाईजात्रा- २०८०’ ल्याउने

जीतुले अब ‘जितुको हास्य व्यंग्य गाईजात्रा- २०८०’ ल्याउने

केन्द्रबिन्दु
0
Shares

गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकार जीतु नेपालले दर्शकहरुको लागि‘जितुको हास्य व्यंग्य गाईजात्रा-२०८०’ल्याउने भएका छन्। यो पटक उनले स्टेज तथा डिजिटल प्लेटफर्म दुवै मार्फत गाईजात्रा प्रस्तुति दिने बताएका हुन्।

स्टेज कार्यक्रमको रुपमा उनी केही कमेडी साथीहरुसँग मिलेर ‘रुस्लान कमेडी यात्रा’र डिजिटलमा ‘जितुको हास्य व्यंग्य गाईजात्रा- २०८०’ नामक कार्यक्रम ल्याएको उनले जानकारी दिए। 

‘रुस्लान कमेडी यात्रा’भदौ १४ पछि सुरु हुनेछ भने  ‘जितुको हास्य व्यंग्य गाईजात्रा- २०८०’ भदौ ७ देखि २० भदौसम्म आफ्नो युट्युब च्यानलबाट हरेक दुई दिनमा आधा घण्टाको कार्यक्रम ल्याएका छन्। 

‘जितुको हास्य व्यंग्य गाईजात्रा-२०८०’ मा जितुको अलवा सुरेन्द्र केसी (मुलासाग), दमन रूपाखेती, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), दिनेश काफ्ले, प्रभात लामा, विपना थापा (नक्कल हिसिला), एलिना बास्कोटा लगायतका कलाकारहरु रहेका छन्। 

Skip This
Skip This
Logo