अरुण काबेली पावरले सोमबारदेखि शतप्रतिशत हकप्रद सेयर खुला गर्दै

अरुण काबेली पावरले सोमबारदेखि शतप्रतिशत हकप्रद सेयर खुला गर्दै

केन्द्रबिन्दु
0
Shares

अरुण काबेली पावरले सोमबार भदौ ११ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। 

यसअघि कम्पनीले भदौ ८ गतेदेखि भदौ २८ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो। तर यसअघि प्रकाशित सूचनामा गल्ती भएकाले भूल सुधार गरिएको भन्दै हकप्रद सेयर निष्काशन गर्ने मिति परिवर्तन गरेको जनाएको छ। 

कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यसले १ सयअंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ।

तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ। 

यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ। हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ। उक्त स्थानबाट आवेदन दिँदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ। 

हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब  ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ। हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ। 

Skip This
Skip This
Logo