कमजोरी पत्ता लगाउला भन्ने डरले निजामती ऐन पढ्न दिएनन्ः सिके राउत

कमजोरी पत्ता लगाउला भन्ने डरले निजामती ऐन पढ्न दिएनन्ः सिके राउत

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष सिके राउतले शिक्षा ऐनका प्रावधानहरु बिना छलफल नै संसदमा लगिएको गुनासो गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान शिक्षा नीति र अवको गन्तव्य विषयकअन्तर्क्रिया कार्यक्रममा अध्यक्ष राउतले ऐन बनाउने बेला मन्त्रीलाई पनि थाहा नदिई र संसदमा बृहत छलफलसमेत नगरी पारित गर्ने गरेको बताए । 

उनले भने,‘शिक्षा ऐनमा आएका जुन प्रावधानहरु छन् । मबाट पनि केहि आशा होला तर सांसदको काम नियम बनाउने र ऐन पारित गर्ने होला भनिन्छ । तर ऐन लेख्ने एउटा कर्मचारी हुन्छ जुन मन्त्रीलाई पनि थाहा हुँदैन् संसदमा आईसक्या हुन्छ, त्यसरी पारित भएको हो । छलफल गरेर पारित गर्नेकार्य नै हुँदैन ।’

निजामती ऐन पनि कमजोरी पत्ता लगाउला भन्ने डरले पढ्न नदिएको भन्दै अध्यक्ष राउतले भने,‘निजामती ऐन पनि आउँदैछ  सचिवले पढ्न दिँदैन, कमजोरी पत्ता लगाउला भनेर सचिवले आफूलाई कसरी राम्रो हुन्छ त्यसरी बनाएको हुन्छ ।’ उनले सबै विद्यार्थीलाई सैद्धान्तिक कुरामा भन्दा पनि व्यवहारिक कुरामा लाग्न आग्रह गरे  ।

Skip This
Skip This
Logo