एसिया कप क्रिकेटमा आइएमई पेले ल्यायो विकेट टु विन अफर

एसिया कप क्रिकेटमा आइएमई पेले ल्यायो विकेट टु विन अफर

केन्द्रबिन्दु
0
Shares

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन-Wicket to Win” अफर सार्वजनिक गरेको छ ।

यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा "ASIACUP" प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै यस अफरमा सहभागी हुनुहुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए ।

Skip This
Skip This
Logo