‘बागमतीलाई कञ्चनरुपले बग्न दिउँ’

‘बागमतीलाई कञ्चनरुपले बग्न दिउँ’

केन्द्रबिन्दु
0
Shares

बागमती नदीमा र्‍याफ्टिङ गरेर ‘बागमती नदी महोत्सव एवं महाजल यात्रा’ सुरु भएकाे छ । 

शनिवार बागमती तथा यसका सहायक नदीहरूको पानी पिउन योग्य बनाउने उद्देश्यले नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले ‘बागमती नदी महोत्सव तथा महाजल यात्रा’को आयोजना गरेको हो। आज बिहान ७ बजे थापाथलीबाट सुरू भएको महाजलयात्रा सुन्दरीघाटमा पुगेर टुंगिएको थियो । 

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले बागमती काठमाडौंको सभ्यतासँग जोडिएकोले कञ्चनरुपले बग्न दिनुपर्छ भन्ने उद्देश्यले महोत्सवको आयोजना गरेको जानकारी दिए । उनले अहिले १५ वटा डुंगा राखेर १५० जनालाई र्‍याफ्टिङ गराएको पनि जानकारी दिए ।

उनले भने,‘पवित्र बागमती नदीलाई कञ्चनरुपले बग्न दिनुपर्छ । ढल नदीमा मिसाउन दिनुहुँदैन । यो काठमाडौंको सभ्यतासँग जोडिएको छ । त्यसैले बागमती नदी बचाउनुपर्छ भनेर यो महोत्सव गरेको हो । अहिले १५ वटा डुंगा राखेर १५० जनालाई र्‍याफ्टिङ गराएका छौं । पर्यटनहरुको लागि पनि महत्व छ भनेर स्थानीयलाई बुझाउन महोत्सव गरेको हो । ’

बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानीखान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलयात्रा कार्यक्रमको मुख्य उद्धेश्य रहेको पनि उनको भनाइ छ । 

नेपाल नदी संरक्षण संस्था, र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज तथा फेण्ड्स क्लव कुपण्डोलको संयुक्त आयोजनामा र नेपाल पर्यटन बाेर्डको प्रवद्र्धन साथै अन्य विभिन्न संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम गरिएको हो।

Skip This
Skip This
Logo